रोजगार सम्बन्धित जानकारीमूलककार्यक्रम सम्पन्न

19-23-56-AK.jpg

सोनादा: एउटा जानकारीमूलक कार्यक्रम आशारिका फाउण्डेशन रङबूल तथा ‘उत्कर्ष बंगला केन्द्र’ अप्पर रमिते सुनदहको संयुक्त आयोजनामा रोजगारसित सम्बन्धित सम्पन्न गरियो। यस कार्यक्रममा १८ देखि ४० वर्षसम्म उमेर भएका कक्षा ८ देखि १२ पढेका वा अध्ययन गर्दै गरेका अथवा बीचैमा पढाइ छोडेका युवा भाइ-बहिनीहरू, स्व: निर्भर समूहका सदस्यवर्ग, आशाकर्मीहरू तथा गाउँ समाजका युवा-युवतीहरूको यस कार्यक्रममा उपस्थिति रहेको थियो।यस कार्यक्रममा होटल म्यानेजमेन्ट, सेल्स मेनेजमेन्ट, रिटेल डिस्ट्रिब्युशन सेल्सम्यानसीपको तालिम सम्बन्धी निःशुल्क जानकारी गराइयो। स्मरण रहोस, उपर्युक्त विषयमा निःशुल्क तालिम दिइने अनि तालिम प्राप्त गरेपछि प्रमाण पत्र पनि दिइने बताइएको छ भने मासिक ५० रूपियाँको दरले भत्ता दिइने समेत जानकारी गराइएको छ।यस कार्यक्रमबारे उपेश शर्मा अनि हेमराज शाहले जानकारी दिएका छन्।

About Author

Advertisement