महानदीमा जयदेव प्रधानको पहिलो म्यूजिक भिडियो परमेश्वर लोकार्पित

IMG-20221217-WA0201.jpg

खरसाङ: खरसाङको महानदीमा जयदेव प्रधानको पहिलो सांगीतिक कोशेली म्यूजिक भिडियो ‘परमेश्वर’ आज लोकार्पण गरिएको छ। झारखण्ड पुलिसमा कार्यरत् जयदेव प्रधानले आफ्नो पहिलो सांगीतिक एल्बम महानदी बजारको सार्वजनिक भवनमा सार्वजनिक गरेका छन्। विगत २२ वर्षदेखि सांगीतिक यात्रामा रहे पनि पुलिस विभागमा कार्यरत जयदेव प्रधानले आफ्नो पहिलो एल्बम आफ्नै गाउँ महानदीमा सार्वजनिक गरेका छन्। उक्त एल्बमको लोकार्पण प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत गायक जयदेव प्रधान, उनकी पत्नी सहाना प्रधान, आमा सुचित्र प्रधान आदिको बाहुलीबाट गरिएको छ। महेन्द्र छेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, विशिष्ठ अतिथिको रुपमा शेखरचन्द्र प्रधान, जुध्द शमशेर छेत्री, शान्ती राई, नारायण प्रधान, निरा प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आज आफ्नो व्यस्त समयमा पनि यसरी ये कार्यक्रममा उपस्थित हुनु पाएकोमा खुशी लागेको अनि एकजना पुलिस विभागमा कार्यरत् व्यक्तिले सांगीतिक यात्रालाई पनि अघि एल्बम निकालेकोमा बधाई दिएका छन्। उनले आजको कार्यक्रममा महानदी क्षेत्रका विद्यार्थीहरूलाई सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै हामीले पनि नानीहरूलाई स्कलरशीप दिनलाई पहल गरिरहेको बताएका छन्। उक्त कार्यक्रममा सुरज राई, नारायण प्रधान, जयन्त जैसवाल लगायत अन्यहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक परीक्षा र आईसीएससीमा उच्च अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पनि गरिएको छ। कार्यक्रममा गायक जयदेव प्रधानले आफ्नो अनुभवहरू सेयर गरेका थिए। परमेश्वर नामक यस एल्बममा स्वर, शब्द र संगीत नै जयदेव प्रधानको रहेको छ भने एल्बमको निर्माता उनकी पत्नी सहाना प्रधान रहेका छन्। यो गीतको संगीत संयोजन बिक्रम सिंहले गरेका छन् भने यो गीत नेपालको काठमाण्डौंमा रेकर्डिङ गरिएको छ भने भिडियोको छाँयाकन राँचीमा गरिएको छ। यो गीतको म्यूजिक भिडियो छायाँकन बिक्रम सिंहले गरेका छन्। कार्यक्रममा जयदेव प्रधानको परमेश्वर नामक गीतको म्यूजिक भिडियो दर्शकहरूको लागि युटुबमा देखाइएको थियो।

कार्यक्रममा धिराज बस्नेतले कविता पठन गरेका थिए भने डोल्मा शेर्पाको नेतृत्वमा रहेका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। महानदीको यो एल्बम विषयमा गायक, संगीतकार एंव शब्दकार जयदेव प्रधानले पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराउँदै आफु विगत २२ वर्षदेखि संगीतिक यात्रामा रहे पनि पुलिसको कामले व्यस्त भएर यसतर्फ कार्य गर्न नसकेको तर अहिले आएर यो एल्बम सार्वजनिक गर्न पाएकोमा खुशी लागेको बताएका छन्। उनले यो एल्बम आफ्नै ठाउँ महानदीमा विमोचन गर्न पाएकोमा खुशी लागेको जनाउँदै भविष्यमा पनि सांगीतिक यात्रामा निरन्तर रूपले लागिरहने साथै भविष्यमा पनि एल्बम निकाल्न कार्य गर्ने बताएका छन्। उनले भविष्यमा आफ्नै क्षेत्रका युवाहरूसित मिलेर कार्य गर्ने इच्छा रहेको पनि बताएका छन्।

About Author

Advertisement