काशी हिन्दू विश्वविद्यालयको १०२औँ दीक्षान्त समारोह समपन्न

IMG-20221214-WA0069.jpg

२०२१ को स्वर्ण पदक निवेदिता खालिङलाई

गोरुबथान: काशी हिन्दू विश्वविद्यालयमा १०/१२/२२- १२/१२/२२ सम्म २०२० देखि २०२२ मा स्नातक,स्नातकोत्तर र विद्यावारिधि समाप्त गर्ने विद्यार्थीहरूको १०२औँ दीक्षान्त समारोह सम्पन्न भयो। यस अवसरमा नेपाली विभागबाट २०२०का स्वर्णपदक अभिषेक कोइराला(सिक्कम)ले प्राप्त गरे र २०२१ का स्वर्णपदक निवेदिता राईले प्राप्त गरिन्। ज्ञात रहोस कि निवेदिता राई खालिङ दार्जिलिङ जिलाको अप्पर दंगीया रेलिङ की छोरी हुन्‌। काशी हिन्दु विश्वविद्यालय (बि एच यु) बाट नेपाली भाषा र साहित्यमा यसपल्ट स्वर्ण पदक प्राप्त गरेकी हुन।पिता श्रीमान रत्न बहादुर खालिङ र माता श्रीमति फूलमाया राईकी सुपुत्री निवेदिता खालिङले प्रारम्भिक शिक्षा गाउँकै पाठशालाबाट लिएर रेलिङ विद्यालयमा माध्यमिक तहसम्म पडि त्यसपछि उनी महारानी गल्स विद्यालयबाट उच्च माध्यमिकसम्मको शिक्षा ग्रहण गरिन। त्यसपछि उनी दार्जिलिङ सरकारी महाविद्यालयबाट बि ए पास गरी उनी एम ए को लागि काशी हिन्दू विश्वविद्यालयतिर लागिन। सानैदेखि लगनशील,मृदुभाषी निवेदिता खालिङले यसपल्ट स्वर्ण पदक प्राप्त गरेकी छिन्।सुश्री निवेदिता खालिङको सफलताको निम्ति हामी शुभकामना र उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement