काशी विश्वविद्यालयबाट विद्यावारिधी गरे गोरुबथान खण्डका मौरे बनबस्तीका छोरो राम जीवन बिरहाङ राईले

SAVE_20221214_102033.jpg

गोरुबथान: गोरुबथान खण्ड कूमाई ग्राम पंचायत अन्तर्गत मौरे बन बस्तीमा साधारण परिवारमा जन्मिएका राम जीवन राईले काशी विश्वविद्यालयबाट यसै वर्ष विद्यावारिधी गरेका छन्। सानो ठाउँबाट जन्मिएर हुर्किएर धेरै मेहनत गरी आज विद्यावारिधि गर्न सफल बनेका राम जीवन राईले कूमाई क्षेत्र कै नाम रोशन गरेका छन्। पिता स्व बीर बाहादूर राई अनि माता श्रीमती राधिका उर्फ दिलिप राईको कोखबाट जन्मिएका राम जीवन राई सानैदेखि तीक्ष्ण बुद्धि भएका थिए। मृदुभाषी मिलनसार राम जीवन राईले यसरी सफलता हासिल गरेकोमा हामी उनलाई बधाई र अजस्र शुभकामना व्यक्त गर्दछौं।

About Author

Advertisement