पञ्चायत काम बन्द भएपछि क्लबका सदस्यहरु सरसफाईमा ओर्लियो

1ff9c8aa-12c3-4a13-a8ae-1167743d56b8


कालचिनी- साताली ग्राम पञ्चायत अन्तर्गत पर्ने पुरानो हॉंसीमारा स्थित उपस्वास्थ्य केन्द्र परिसरमा औ संलग्न नालाहरू सबै फोहोर मैलाले भरेको स्थितिमा पनि ग्राम पञ्चायतबाट कुनै काम नभएपछि हॉंसीमारा अग्रगामी संघका सदस्यहरुले आफै अघि आएर आज उपस्वास्थ्य केन्द्रको सरसफाई गरेको देखियो|
ग्राम पञ्चायत स्तरबाट यहॉं सयदिने काम हुन्छ भन्ने आशाले स्वयं साताली ग्राम पञ्चायतका प्रधान मनोज बरुवाले आफूले कामको आवेदन गर्दा पञ्चायत एक्जीक्यूटिभ र सरकारी कर्मचारीहरूले कुरा नसुनेको बताएका छन्| फोहोर मैलाले बसी नसक्नु भएपछि आज अग्रगामी संघका सदस्यहरूले आफै सरसफाई गरेको बताएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement