पश्चिम बङ्गाल: दान खालिङ साहित्य सम्मान यसपाली डा. राजेन्द्र भण्डारीलाई प्रदान गरिने

IMG-20221212-WA0327.jpg

खरसाङ: सिलगढी नेपाली साहित्य संस्थानद्वारा प्रदान गरिने दान खालिङ साहित्य सम्मान यसपाली वरिष्ठ कवि राजेन्द्र भण्डारीलाई प्रदान गरिने भएको छ। उक्त पुरस्कार छनौटको लागि सिलगढीको सालबारीस्थित एक क्याँफेमा सिलगढी नेपाली साहित्य संस्थानको पुरस्कार चयन समितिको एक बैठक सम्पन्न भएको छ। उक्त बैठकमा नै दीर्घकालदेखि नेपाली कविता क्षेत्रमा दिएको योगदानको लागि डा. राजेन्द्र भण्डारीलाई यसपालीको दान खालिङ साहित्य सम्मान प्रदान गरिने भएको छ। संस्थानको अध्यक्ष डा. ज्ञानेन्द्र सुब्बा संयोजक रहेको उक्त पुरस्कार चयन समितिका सदस्यको रूपमा प्रा. डा. पुष्कर पराजुली, साहित्यकार उदय थुलुङ र प्रा. गङ्गाप्रसाद भट्टराई उपस्थित रहेका थिए। डा. राजेन्द्र भण्डारीलाई यसपालीको दान खालिङ साहित्य सम्मान आगामी २६ दिसम्बरको दिन संस्थानको स्थापना दिवस, गिरी जयन्ती एवं दान खालिङ जयन्तीको छेक पारेर दान खालिङको परिवारको पक्षबाट प्रदान गरिने भएको
जानकारी सिलगढी नेपाली साहित्य संस्थानको सभापति डा. ज्ञानेन्द्र सुब्बा र सचिव डा. भुपेन तामाङले दिएका छन्। यस पुरस्कारको रूपमा अंगवस्त्र, स्मृति चिह्न, अभिनन्दन पत्र र नगदराशि बीस हजार प्रदान गरिन्छ।

About Author

Advertisement