९ गोर्खा राइफलस ‘चिन्डित्स’द्वारा ‘शान्ताराम डे  १२ डिसम्बर’ समारोह सम्पन्न

00-IMG-20221212-WA0214

सिलगढी: आइतबार नर्थ ईस्ट फोर नाइन चिँडित्स भू.पू. सैनिक संगठनले क्याप्टन रामसिंह ठकुरी मेमोरियल हल सालुगढा ‘शान्ताराम डे’ समारोह पालन गर्यो। यस समारोहको मुख्य अतिथि अ.प्रा. ब्रिगेडियर ए.के. च्याटर्जी थिए। यस अवसरमा भूतपूर्व सैनिक, उनीहरुका परिवार दार्जीलिङ, खरसाङ, सिलगढी, सिक्किम, छिमेकी देश नेपाल आदि ठाउँबाट भेला भएका थिएl यस समारोहमा ९० वर्ष पुगेका अ.प्रा. सूबेदार बल बहादुर छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।

समारोहको शुभ आरम्भ सभापति अ.प्रा.सु.मे. शिवकुमार छेत्रीको स्वागत् भाषण, छोटोमा शान्ताराम डे १२ दिसम्बरको दिन पालन गर्ने बारेमा रहेको थियोl कार्यक्रमको सञ्चालन अ.प्र. हवल्दार अजित छेत्रीले गरेका थिए। यस पछि संगठनका उपस्थिति सदस्यवर्गलाई सभापति सचिवहरू क्रमैले अ.प्रा. नायक कुमार शाही,  अ.प्रा.सु. मोहन कुमार छेत्री,  ह. अजित, नायक रोशन छेत्री कोषाध्यक्ष, नृत्य कार्यक्रममा भाग लिन आएका बालिकाहरुको हातबाट खादा पहिराएर स्वागत गरियो। अ.प्रा. कर्णेल निर्मल सिन्हाले ‘शान्ताराम डे १२ दिसम्बरको महत्व बारे विस्तृत जानकारी दिँदै भने, ‘यो दिन हाम्रो पल्टन लागि अति गौरवशाली महत्वपूर्ण विजयोत्सव दिवस हो साथै शहीदलाई स्मरण गर्ने एक पुण्य दिवस पनि हो। हाम्रो  पल्टनले १९७१ को भारत-पाक युद्धमा जम्मू-कशमीर क्षेत्रको लाम सेक्टरको बोर्डर क्षेत्रामा (एलओसीमा) ११-१२ दिसम्बरको रातमा शत्रुको “सुकनाबन्” नाम गरेको अति मजबुत मोर्चामाथि आक्रमण गरी यो मोर्चालाई आफनो कब्जामा लिएको थियो। हाम्रो आक्रमणकारी दुई कम्पनीको दललाई अगुवा गरेका थिए सेकेण्ड लेफि्टनेन्ट शान्तारामले। यस युद्धमा शत्रु पक्षका ९ सैनिक हताहत – वीरगति भएका थिए भने हाम्रो पल्टनको १ अफिसर, १२ सैनिकले देशको रक्षाको निम्ति प्राणको आहुति दिएर वीरगति प्राप्त गरेका थिए। युद्धोप्रान्त  पाकको यो सुकनाबन मोर्चाको नाम  सेकेण्ड लेफि्टनेन्ट शान्तारामको नाममा “शान्ताराम” राखिएको थियो साथै १२ दिसम्बरको दिन शान्ताराम डे पालन गर्ने प्रचलन आरम्भ भएको होl’ ।

कार्यक्रमलाई अघि बढाउँदै सालुगढाका बालिकाहरूले नृत्यहरु प्रस्तुत गरेl यसरी नै हाम्रो पल्टनको हम जायेगा भाई अ.प्रा.ना.सु. भीम शमशेर छेत्रीले जोक्स सुनाएर धित मरुन्जेल हँसाए। मुख्य अतिथिको बाहुल्यबाट वीर नारी न.५८४१०७३ नाईक स्व. रवि छेत्रीको धर्म पत्नी श्रीमती हीरा कुमारी ठकुरीलाई सम्मान दिँदै आर्थिक अनुदान प्रदान गरियो भने नृत्यमा भाग लिने बालिकाहरूलाई आर्थिक पुरस्कार वितरण गरियो। सभापतिले सबैलाई शूभकामना दिँदै सुस्वास्थ्यको कामना गरे।

About Author

Advertisement