फाँसीदेवा: छेउैको बाँसघारीमा झुन्डिएको अवस्थामा एउटा युवकको मृतदेह फेला पारेको छ ।यो घटना फाँसीदेवा खण्डको विधाननगर संलग्न जयन्तिका चियाकमानको केउटालाइन इलाकामा घटेको हो। मृतक युवक लिम्बू लाइन निवासी २२ वर्षीय शिशिर कुजूरको रूपमा चिन्हित गरिएको छ। जानकारी अनुसार गत राती स्थानीय मानिसहरूले चियाकमानको केउटालाइनको बाँसघारीमा झुन्डिएको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर थाना पुलिस पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।








