दुइजना व्यक्ति चोरी गरेको मोबाइल सहित पक्राउ

18-55-21-339106d9-6c19-4ab9-8bdf-e04a35f3accd-768x1024.jpg

सिलगढी: सिलगढीको मोबाइल दोकानबाट मोबाइलहरू चोरी गरेको घटनामा पुलिसले दुइजना चोरलाई पक्रेको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरेको छ।ति व्यक्तिहरुलाई पाँच दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेकाहरूमा राजु नन्दी (३९) र विश्वजीत सेन (२५) सामेल छन्। स्मरण रहोस्, केही दिन अघि प्रधान नगर थाना अन्तर्गत मोबाइल दोकानको टीनको छाना काटेर त्यहाँ राखेको मोबाइलहरू चोरी गरेको थियो।

उक्त घटनापछि दोकान मालिकले थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो बिहान देवीडागा इलाकामा अभियान चलाएर चोरी गरेको १४ वटा मोबाइल सहित २ जना आरोपीलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement