वाइट टिको निम्ति प्रथम स्थान ओगट्ने के बी छेत्रीलाई जलपाईगुडी टि बोर्डले जनायो सम्मान

photocollage_20221122223126382.jpg

गोरुबथान: जलपाईगुडी टि बोर्ड निर्देशकद्वारा के. बि. छेत्रीलाई स्मृति चिन्ह प्रदान गरियो।आज जलपाईगुडी टि बोर्डको साधारण सभा लाटागुडीमा समपन्न भएको थियो।यस सभामा भाग लिन गोरुबथानबाट पनि के. बी. छेत्री गएका थिए। ज्ञात रहोस कोलकातामा आयोजित अन्तर्राष्ट्रिय लघु चिया सम्मेलनमा गोरुबथानबाट वाइट टि (सेतो चिया)को निम्ति प्रथम स्थान ओगट्न सफल भएको थियो।उनै के . बी . छेत्रीलाई आज यस सभामा उत्तर बंगाललाई नै गौरवान्वित तुल्याएकोमा जलपाईगुडी टि बोर्डको तर्फबाट आभार प्रकट गर्दै सम्वर्द्धना स्वरुप स्मृति चिन्ह प्रदान गरे।यसरी आफुलाई सम्मान जनाइदिएकोमा के.बि.छेत्रीले पनि जलपाईगुडी टि बोर्डप्रति धन्यबाद टक्राएको जानकारी बिनोद छेत्रीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement