सिलगढी। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई राज्यको सबै सरकारी विश्वविद्यालयमा कुलपतिको पदमा राखिने भएको छ। राज्य सरकारले यस प्रकारको कानुन बनाउनको लागि बील ल्याउने भएको छ। राज्यको उक्त निर्णयको विरोध जनाउँदै आज दार्जीलिङ जिल्ला एसयुसीआई-ले आवाज उठाएको छ। एसयुसीआई-का सदस्यहरूले आज सिलगढीको कोर्टमोडमा एसयुसीआई जिल्ला कार्यालय अघि विक्षोभ प्रदर्शन गरे। यस अवधि तिनीहरूले राज्यका विश्वविद्यालयहरूको कुलपतिका रूपमा राज्यपाल तथा मुख्यमन्त्रीलाई नियुक्त नगरेर अन्य कुनै शिक्षाविद्लाई नियुक्त गरिनुपर्ने माग पनि गरे।









