कालचिनी। चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको पहल औ दलसिंहपाड़ा ग्राम पञ्चायतको सहयोगितामा आज दलसिंहपाड़ा ग्राम पञ्चायत परिसरमा बाल विवाहमाथि सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी सिनि कालचिनी ब्लक कोर्डिनेटर प्रिया हल्दारले दिएकी छन। आज उक्त अवसरमा दलसिंहपाड़ा ग्राम पञ्चायतका प्रधान लगायत उपप्रधान शम्भू जयसवाल एवम् आशा र आईसीडीएस कर्मीहरु लगायत स्कूलका किशोरी छात्रीहरु औ अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बाल विवाहमाथि नाटक, नृत्य, वक्तव्य र कविता वाचन किशोरी छात्रीहरु द्वारा प्रस्तुत गरिएको थियो।
बाल विवाह सामाजिक अपराध भएकोले सबैले यसको रोकथाम गर्न सचेत बन्ने र यदि बाल विवाहको घटना समाजमा कतै भईरहेको थाह पाए यसको जानकारी स्थानीय पञ्चायत, आशा र आईसीडीएस कर्मीहरुलाई दिने अपिल पनि सिनि कालचिनी ब्लक कोर्डिनेटर प्रिया हल्दारले गरेकी थिईन। दलसिंहपाड़ामा सिनि द्वारा यस्तो महत्वपूर्ण औ प्रशंसनीय कार्यक्रम गरेकोमा उपप्रधान शम्भू जयसवालले धन्यवाद ज्ञापन गरेको थियो भने यस्तो सचेतनामूलक कार्यमा सदैव साथ रहने आश्वासन दिएको छ।









