साउथफिल्ड कलेजमा तीन दिवसीय अन्तराष्ट्रिय सङ्गोष्ठि सम्पन्न

IMG-20220527-WA0123.jpg

दार्जिलिङ: भारत सरकारद्वारा भारत स्वतन्त्र भएको ७५ औं वर्षगाठँलाई हर्षोल्लासका साथमा आजादीको अमृतमहोत्सव नाम दिएर देशभरि मनाइरहेको छ। यसै कार्यक्रम अन्तर्गत आइसिएसएसआर (भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषद ) को आर्थिक अनुदानमा दार्जीलिङको साउथफिल्ड महाविद्यालय, अङ्ग्रेजी विभागद्वारा तीन दिवसीय अन्तराष्ट्रिय सङ्गोष्ठी सम्पन्न भएको। विगत २५ मईदेखि शुरू गरिएको उक्त संगोष्ठी २७ मईको दिनसम्म आयोजित सङ्गोष्ठीको शीर्षक “कल्चरल हेरिटेज अफ् ईस्टन हिमालयस एण्ड नर्थ ईस्ट ईण्डिया” रहेको थियो। यस सङ्गोष्ठीमा पत्र प्रस्तोताका रूपमा सिक्किम, दार्जिलिङ, कालेबुङ, कलकत्ता, झारखण्ड, कुचविहार, नेपाल आदि स्थानहरूबाट उपस्थित थिए।
यस सङ्गोष्ठीको उद्धाटन २५ मई २०२२ को दिन साउथफिल्ड कलेजको डेमियन प्रेक्षागृहमा सम्पन्न भएको थियो। उद्धाटन सत्रमा प्रमुख अतिथिका रूपमा नेपालबाट लोक वार्ताविद प्रोफेसर तुलसी दिवस एवम् नेपाल सांस्कृतिक मन्त्रालयका लोक सांस्कृतिक विशेषज्ञ डा भक्तबहादुर राई, डा सम्राट लश्कर, जेडीपी आई पश्चिम बंगाल सरकार, भुपेन्द्र कान्त घिसिङ सूचना अनि संस्कृति विभाग जीटीए, प्रा सजल नाग आसाम विश्वविद्यालय,डा राधा शर्मा, डीन ,सन्त जोसेफ कलेज एवम् डा अनुराधा राई प्राचार्य साउथफिल्ड कलेज आदि उपस्थित थिए। प्रोफेसर सजल नागको बीज भाषणबाट शुरू गरिएको कार्यक्रममा प्रो तुलसी दिवसले संस्कृति किन र केका लागि चाहिन्छ र यसलाई जोगाउन र सम्वर्ध्दन गर्न किन आवश्यक छ भन्ने विषयमा वार्ता प्रस्तुत गरेका थिए। त्यसरी नै अतिथि डा भक्तबहादुर राईले नेपाली लोक परम्परा, लोक जीवन र संस्कार विषयमा आफ्नो अनुभव विद्यार्थीहरूसँग साझा गरे। प्राचार्य डा अनुराधा राईले उद्धाट्न सत्रलाई सम्बोधन गर्दै सङ्गोष्ठी आयोजन गर्नुको उद्देश्य र औचित्यबारे प्रकाश पारिन्। प्रा. विशाखा दियालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत वक्तव्यका रूपमा सङ्गोष्ठीका कन्भेनर प्रा विनय प्रधानले हिमाली क्षेत्रमा दिनौ दिन संस्कृतिमूलक अन्वेषण र ततविषयमा कार्य गर्ने स्वतन्त्र शोधकार्ताहरूको पनि कमि देखिरहेको छ यसोस नयाँ पुस्तालाई लोकवार्ता र संस्कृतिमा अभिरूचि जगाउँन यस्ता सङ्गोष्ठीहरू गरेका बताए। सङ्गोष्ठिमा विभिन्न विश्वविद्यालय एवम महाविद्यालयबाट संस्कृतिका विभिन्न पक्षहरूमा ७० भन्दा बढी अङ्ग्रेजीमा र ३० भन्दा बेसी कार्यपत्रहरू प्रस्तुत गरियो। कार्यक्रमको उद्धाटन सत्रमा धन्यवाद ज्ञापन डा. कस्तुभ चकर्वर्तीले गरेका थिए।
सङ्गोष्ठीको समापन २७ मई को दिन सम्पन्न भयो। समापन सत्रमा मुख्य अतिथि कुचविहार विश्वविद्यालयका अङ्ग्रेजी विभाग प्रमुख प्रोफेसर जोयिता सेनगुप्ता अनि लोककलाकार नरेन गुरूङ सिक्किमबाट उपस्थित थिए। कार्यक्रममा साउथफिल्ड कलेजको पक्षबाट नरेन गुरूङलाई उनको नेपाली लोक सङ्गीत र संस्कृतिमा पुराएको योगदानको मुल्याङ्कन गर्दै सम्वर्ध्दना गरियो।
कार्यक्रमलाई सफलतापूर्वक सन्चालन गर्नमा सहयोग पुराउने सम्पूर्ण सहयोगीहरूलीई अङ्ग्रेजी विभागका प्रमुख डा मन्दिका सिन्हाले धन्यवाद गरे।

About Author

Advertisement