सोनादा: आशारिका फाउण्डेशन रङबुल तथा वेस्ट पोइन्ट स्कूलका विद्यार्थीहरुद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। आशारिका “फाउण्डेशन रङबुल तथा वेस्ट पोइन्ट स्कूलका विद्यार्थीर्थीहरु र स्कूलका शिक्षिका आनुपमा लामा मोक्तानको अगुवाईमा बालसनस्थित आशारिका फाउण्डेशन केन्द्रमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत बाल यौवन शोषण तथा मानव तस्कारी बारेमा कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा आशारिका फाउण्डेशन बालसनका विद्यार्थीहरु र अभिभावकवर्ग र छैटौं श्रेणीसम्ममा अध्ययन गर्दै गरेको विद्यार्थीहरु साथै स्वनिर्भर दलका सभापति वा सचिवलाई लिएर साथै स्थानीयहरूलाई उक्त कार्यकाममा सामेल गरिएको थियो। आजको कार्यकाममा आशारिका”फाउण्डेशन रङबुलका सचिव रुपेश छेत्री र बालासन आशारिका फाउण्डेशनका शिक्षकहरु उपस्थित थिए। अन्त्यमा वेस्ट पोइन्टका विद्यार्थीहरुले नाटक मञ्जन गरेर उपस्थित भएका विद्यार्थीहरुलाई अनि अभिभावकवर्गलाई जनचेतनामूलक सन्देश दिइएका थिए। आशारिका फाउण्डेशनका सचिव रुपेश छेत्रीद्वारा वेस्ट पोइन्टका विद्यार्थीहरु साथै शिक्षिकालाई आभर प्रकट गरेका थिए।