दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै १३ सहभागीहरू हाप्किडो स्टेट च्याम्पियनशीपमा भाग लिन कोलकोता प्रस्थान

IMG-20221105-WA0181.jpg

खरसाङ: हाप्किडो एसोसिएसन अफ् बंगालको आयोजनामा कोलकातामा हुन लागेको हाप्किडो स्टेट च्याम्पियनशीपमा भाग लिन दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै १३ सहभागीहरू (११ पुरुष र २ महिला) को टोली एनजेपीबाट कोलकाता प्रस्थान गरेका छन्। उक्त टोलीको नेतृत्व हाप्किडो एसोसिएसन अफ् बंगालका उपाध्यक्ष शिहान अनिल राईले गरेका छन्। शिहान अनिल राईको निर्देशनमा टोलीलाई तालिम दिइएको हो। दार्जिलिङ जिल्लाको टोलीले पहिलो पटक स्टेट च्याम्पियनशीपमा भाग लिएको भन्दै उनले सहभागीहरुबाट राम्रो नतिजाको अपेक्षा गरेको बताएका छन्। उनले थप भने, ‘हाप्किडो सम्बन्धि सेमिनारमा विद्यार्थीहरुलाई सहभागी गराइनेछ जसमा उनीहरुलाई यो नयाँ कला हो जसलाई हाइब्रिड मार्सल आर्ट पनि भनिन्छ। नियम–कानुनकाबारेमा जानकारी दिइनेछ।

सहभागीहरूले नोभेम्बर ५ मा बेल्ट परीक्षामा पनि बस्नेछन्, र नोभेम्बर ६ मा उनीहरूले राज्य च्याम्पियनशीपमा भाग लिनेछन्। छनौट गरिएका सहभागीहरूले दिसम्बर महिनामा हुने राष्ट्रिय प्रतियोगितामा थप भाग लिनेछन् जसको लागि राज्य निकायले राष्ट्रिय स्तरका लागि योग्य हुने सबै सहभागीहरूलाई प्रायोजन गर्दैछ। सहभागीहरु (द डेन) र (माफा) मार्फत् दार्जिलिङ टोलीमा अभिषेक कृ साह, संकेत शर्मा, साहिल अन्सारी, अमन सुब्बा, गोविन्द शर्मा, एमके मरुङमान मारिङ, फुर्वा तामाङ, छितिज राई, आयशा लामा, सुस्मिता बर्मन, सागर थापा, जोन प्रधान र सुशिल छेत्री आदि रहेका छन् भनी अलिट मार्टियल आर्ट डेभलोपमेन्ट एसोसिएशनको मुख्य संयोजक सन्दीप प्रधानले जानकारी गराएका छन्।

About Author

Advertisement