सिलगढी: नक्सलबारी प्रहरीले लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार हिजो पानीटंकीबाट खोरीबारीको सिलगढी जाँदै गर्दा नक्सलबारीको रथखोला क्षेत्रमा ट्राफिक प्रहरीले ती युवकलाई रोकेको थियो। पछि नक्सलबारी प्रहरीले युवकबाट ३२ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। पक्राउ परेका युवाको नाम विष्णु राई (२२) र विक्रम गुरुङ (२२) रहेको छ। दुवैलाई शनिबार सिलगढी डिभिजनल कोर्टमा पेश गरिएको थियो। यस विषयमा नक्सलबारी प्रहरीले अनुसन्धान सुरु गरेको छ।










