गेजिङ: विश्व मधुमेह दिवस २०२६ को अवसरमा गेजिङस्थित ५० शय्याको आयुष अस्पताल (आयुष विभाग) द्वारा आज गेजिङ अग्निशमन केन्द्रमा स्वास्थ्य सचेतना तथा निःशुल्क परीक्षण कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा सहभागीहरूलाई मधुमेह रोगको रोकथाम तथा नियन्त्रणका उपायबारे सचेत गराउँदै सन्तुलित एवं स्वस्थ आहार, नियमित व्यायाम र जीवनशैलीमा आवश्यक सुधारको महत्त्वबारे जानकारी दिइयो। साथै, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले योगाभ्यास र श्वासप्रश्वास (प्राणायाम) सम्बन्धी अभ्यासको संक्षिप्त सत्रसमेत सञ्चालन गरिएको थियो।

सोही अवसरमा अग्निशमन केन्द्रका कुल १९ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ। परीक्षणका क्रममा सबै सहभागीको रक्तचाप (बीपी), तत्कालीन रक्तशर्करा (ब्लड सुगर) तथा रगतमा हेमोग्लोबिनको मात्रा जाँच गरिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा एक जनामा गम्भीर रक्तअल्पता (एनिमिया) को समस्या देखिएपछि थप विस्तृत जाँच तथा आवश्यक उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस (रेफर) गरिएको आयुष अस्पतालले जानकारी दिएको छ।





