लगातार दोस्रो डब्ल्यूटीसी फाइनलको नजिक पुग्यो दक्षिण अफ्रिका

IMG-20261126-WA0067

दुबई: दक्षिण अफ्रिकाले बंग्लादेशविरुद्ध २ वटा टेस्ट म्याचको सीरीज क्लीन स्वीप गरेको छ। दोस्रो टेस्ट म्याचमा आयोजक टोलीले ईनिंग्स र २१९ रनले जीत हासिल गऱ्यो। म्याच केवल ३ दिनमा समाप्त भयो। यस हारको साथ बंग्लादेशको टोली विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) २०२५-२७ चक्रको फाइनलमा पुग्ने दौड़बाट बाहिर भयो। यसरी वर्तमान च्याम्पियन दक्षिण अफ्रिकाले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो स्थिति अझ मजबूत गरेको छ। भारतीय टोली सूचीमा चौथो स्थानमा रहेको छ। दोस्रो टेस्ट म्याचमा दक्षिण अफ्रिकाको जीतमा वियान मुल्डरले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले पहिलो ईनिंग्समा शतक बनाएर टोलीलाई ७ विकेटमा ४९४ रनको स्कोरसम्म पुग्नमा सहायता गरे। त्यसपछि उनले बंग्लादेशको दोस्रो ईनिंग्समा ३१ रन खर्च गरी ७ विकेट पनि लिए। यसरी बंग्लादेशको दोस्रो ईनिंग्स १८४ रनमा समाप्त भयो। बंग्लादेशले आफ्नो पहिलो ईनिंग्समा केवल ९१ रन बनाएको थियो। यस प्रदर्शनको साथ मुल्डर टेस्ट क्रिकेटको एउटै म्याचमा शतक बनाउनको साथै ७ विकेट लिने छैटौं खेलाड़ी बने। यस उपलब्धिलाई हासिल गर्ने उनी दक्षिण अफ्रिकाका पहिलो क्रिकेटर पनि हुन्। दक्षिण अफ्रिकाको निम्ति मार्क्स एकरम्यानले पनि उत्कृष्ट ब्याटिंग गरे। उनले १३८ बलमा १५० रन बनाए। यस सीरीजमा उनले २ वटा टेस्ट म्याचको ४ वटा ईनिंग्समा जम्मा ४७० रन बनाए अनि प्लेयर अफ द सीरीजको पुरस्कार जिते। बंग्लादेशविरुद्ध टेस्ट सीरीज २-०-ले क्लीन स्वीप गरेपछि दक्षिण अफ्रिकाको शीर्ष स्थानमा स्थिति अझ मजबूत भएको छ। टोलीको अंक प्रतिशत बढ़ेर ७७.७८ पुगेको छ। अझ पाँचवटा टेस्ट म्याच बाँचेको हुनाले दक्षिण अफ्रिका फाइनलमा पुग्ने प्रबल दावेदार बनेको छ। यसको विपरीत बंग्लादेश ३६.५७ अंक प्रतिशतको साथ झरेर छैटौं स्थानमा पुगेको छ। भारतीय टोली १२ वटा टेस्ट म्याचमा ५ वटा जीत, ४ वटा हार र ३ वटा ड्र-को साथ ५०-को अंक प्रतिशत लिएर चौथो स्थानमा रहेको छ। भारतसँग ७२ अंक रहेको छ। न्यूजील्याण्ड ६६.७७ अंक प्रतिशतको साथ तेस्रो अनि अष्ट्रेलिया ६९.२३ अंक प्रतिशतको साथ दोस्रो स्थानमा रहेको छ। दक्षिण अफ्रिकापछि अष्ट्रेलिया र न्यूजील्याण्ड पनि मजबूत स्थितिमा रहेको छ। ईंग्ल्याम्ड ३८.५४ अंक प्रतिशतको साथ पाँचौं स्थानमा छ।

About Author

Advertisement