इन्टर हिल क्रिकेट टुर्नामेन्ट सम्पन्न : फाइनलमा बालासन विजयी

8782ace4-736f-42b2-aad4-2634264dbdbb

सोनादा: इग्नाइट युथ क्लब, अपर सिडर्सको आयोजनामा सम्पन्न भएको इन्टर हिल क्रिकेट टुर्नामेन्टको फाइनल खेलमा बालासनले डी.जे. शोरुमलाई पराजित गर्दै उपाधि जितेको छ। रोमाञ्चक फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। अन्तिममा बालासनले जित हात पार्दै ट्रफी उचाल्यो। खेल हेर्न स्थानीय दर्शकहरूको ठूलो उपस्थिति रहेको थियो।फाइनल खेलको अवसरमा अतिथिको रूपमा समाजसेवी राजु क्षेत्री, आई.जी.जे.एफ. नेता एनबी खवास लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।टुर्नामेन्टको लागि ट्रफी सोनादाका डाँडागाउँ निवासी समाजसेवी राजु छेत्रीले प्रदान गरेका थिए। यस क्रिकेट टुर्नामेन्टको फाइनलमा म्यान अफ् द म्याच बालासनका राज तामाङ चयन भएका थिए भने म्यान अफ् द सिरिज मिरिकका मिलेस राई चयन भएका छन्। त्यसरी नै यस क्रिकेट टुर्नामेन्टमा बेस्ट बलरको रुपमा मिरिकका रोहन गुरुङ, बेस्ट ब्याटरको रुपमा पचेङका रोहित चयन भएका छन्। त्यसरी नै विजयी खेलाडीहरूलाई अतिथिहरूका बाहुलीबाट ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ। इग्नाइट युथ क्लब २०२६ मा स्थापना भएको हो। क्लबका संस्थापक उदिप खाती हुन् भने क्लबमा जम्मा १५ जना सदस्यहरू रहेका छन्।युवाहरूलाई अगाडि बढाउनु, खेलकुद र सामाजिक कार्यमा सक्रिय बनाउनु नै क्लबको मुख्य उद्देश्य रहेको क्लबका पदाधिकारीहरुले जनाएका छन्। क्लबले आगामी दिनहरूमा पनि यस्तै खेलकुद तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

About Author

Advertisement