एनभिडियाका पूर्व सीईओ तेस्रो अफेयरको खुलासा

IMG_d5558da6-85aa-4a2e-8778-30e8399d8a20

कम्पनीकै एक महिला कर्मचारीसँग थियो सम्बन्ध

​नयाँ दिल्ली। विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङको समस्या राजीनामा दिएपछि पनि कम हुने छाँटकाँट देखिएको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको पछिल्लो प्रतिवेदनअनुसार हुआङको एनभिडियाकै अर्की एक महिला कर्मचारीसँग प्रेम सम्बन्ध (लभ अफेयर) रहेको तथ्य बाहिरिएको छ।
​प्रतिवेदनमा ती महिलाको उमेर ६३ वर्ष रहेको र उनी पनि विवाहित रहेको उल्लेख गरिएको छ। यो नयाँ खुलाशासँगै जेन्सन हुआङको विवाहेतर सम्बन्ध (एक्स्ट्रा-म्यारिटल अफेयर) को सङ्ख्या तीन पुगेको छ।
​यसअघि चिनियाँ जासुस भएको आशङ्कामा घेरिएकी एलिस हुआङ र कम्पनीकी उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको समाचार बाहिरिएको थियो। सोही विवादका कारण उनले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका थिए। यस घटनाक्रमका बीच एनभिडियाको शेयर मूल्यमा समेत भारी गिरावट आएको छ।
​तेस्रो अफेयरको खुलासाले तरङ्ग
इकोनोमिक टाइम्सको प्रतिवेदनअनुसार कम्पनीकी ती महिला कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन। यस विषयमा एनभिडियाका तर्फबाट पनि कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। साथै जेन्सन हुआङ, किम्बर्ली पावेल र कम्पनीको सञ्चालक समितिका प्रतिनिधिहरूले समेत यसबारे केही जानकारी दिएका छैनन्।
​यसअघि नोभेम्बर ८ मा एलिस हुआङसँगको सम्बन्धको खबर बाहिरिएपछि जेन्सन हुआङले कसैको नाम नलिईकन अफेयर रहेको कुरा स्वीकार गरेका थिए।
​एनभिडियासामु नेतृत्वको सङ्कट
जेन्सन हुआङको राजीनामापछि समग्र कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगमा ठुलो परिवर्तन आउन सक्ने अनुमान गरिएको छ। एनभिडियाले हालसम्म आफ्नो आर्थिक शक्तिको आडमा क्लाउड कम्प्युटिङ फर्म र एआई ल्याबहरूलाई सहयोग गर्दै चिप्सको एक विशाल इकोसिस्टम तयार पारेको छ। अब भने कम्पनीसामु नेतृत्वको गम्भीर सङ्कट खडा भएको छ। कम्पनीले सीईओ पदका लागि योग्य उम्मेदवारको खोजी गरिरहेको छ।
​कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी
हुआङको बहिर्गमनपछि एनभिडियाले वित्त प्रमुख (फाइनान्स चिफ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी सुम्पिएको छ। कम्पनीले स्थायी सीईओका लागि कम्पनीभित्र र बाहिर दुवैतर्फबाट योग्य व्यक्तिको खोजी तीव्र पारेको छ।
​यता, हुआङसँग जोडिएका विवादका कारण एनभिडियाको शेयर मूल्यमा निरन्तर गिरावट आइरहेको छ। बिहीबार मात्रै कम्पनीको शेयर ५.५ प्रतिशतले ओरालो लागेको छ। अक्टोबरको सुरुवातमा आफ्नो उच्चतम बिन्दुमा पुगेको कम्पनीको स्टक मूल्यमा हालसम्म ३० प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ।

About Author

Advertisement