व्यवसायी सुकल्हामु शेर्पासहित अनेकौँ कार्यकर्ता भाजपामा सामेल
गान्ताेक: सिक्किममा भारतीय जनता पार्टी (भाजपा)-लाई सङ्गठनात्मक रूपमा अझ सुदृढ बनाउने क्रममा पाक्याङ जिल्लाअन्तर्गत चुजाचेन निर्वाचन क्षेत्रका विशिष्ट व्यवसायी सुकल्हामु शेर्पासहित धेरैजना कार्यकर्ताहरू आज औपचारिक रूपमा भाजपामा सामेल भएका छन्।
ग्याङतोकस्थित भाजपाको सिटी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच भाजपा सिक्किम प्रदेश अध्यक्ष डिआर थापाले नयाँ सदस्यहरूलाई खदा लगाई हार्दिक स्वागत गर्दै पार्टीमा भित्र्याए।
यस अवसरमा पार्टी प्रवेश गर्नेहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व, भाजपाको राष्ट्रवादी विचारधारा अनि देश र राज्यको विकासप्रतिको प्रतिबद्धतामाथि पूर्ण आस्था व्यक्त गरेका छन्। उनीहरूले ‘विकसित भारत’ र ‘विकसित सिक्किम’-को साझा लक्ष्यलाई साकार पार्न भाजपाको अभियानमा सक्रियताका साथ जोडिने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता, पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो





