गान्ताेक: सिक्किमका माननीय राज्यपाल श्री दुष्यन्त गौतमजीको अध्यक्षतामा लोक भवनमा पहिलो औपचारिक समन्वय बैठक सम्पन्न भएको छ। राज्यपालले पदभार ग्रहण गरेपश्चात् उक्त बैठक आयोजना गरिएको हो।
उच्चस्तरीय परिचयात्मक तथा समीक्षात्मक यस बैठकले राज्यपाल र राज्य प्रशासनबीच अर्थपूर्ण अन्तरक्रिया तथा समन्वयका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। उक्त बैठकमा मन्त्रीहरू, मुख्य सचिव, लोक भवनका आयुक्त-सह-सचिव तथा मुख्यमन्त्रीका प्रमुख सचिवलगायतको उपस्थिति रहेको थियो।

बैठकपछि मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमका जनताको सामूहिक हित तथा राज्यको प्रगत र विकासका लागि लोक भवन र राज्य सरकारबीच आगामी दिनहरूमा पनि यस्तै सहकार्य र समन्वय जारी रहने विश्वास व्यक्त गर्नुभएको छ।





