नेपाल-भारत सम्बन्ध: भारतीय विदेश सचिव मिसरी र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

a7ce5418-7f42-423c-a6f2-bf5564d3098b

​काठमाडौँ: नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ दुईदिने औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव विक्रम मिसरीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
​काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको उक्त भेटमा दुई देशबीचको बहुआयामिक साझेदारी, आर्थिक सहयोग तथा पारस्परिक हितका विविध विषयमा गहन छलफल भएको छ।
​भ्रमणका क्रममा विदेश सचिव मिसरीले आफ्ना नेपाली समकक्षी अमृतबहादुर रायसँग प्रतिनिधिमण्डल स्तरको द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। छलफलमा भारतको सहयोगमा सञ्चालित विकास परियोजनाहरूको समीक्षा, नयाँ सहयोगका क्षेत्रहरूको पहिचान तथा प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीबारे छलफल हुने जनाइएको छ।
​विदेश सचिव मिसरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम छ।
​यसैबीच, नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला पनि मङ्गलबार काठमाडौँ आइपुगेका छन्। उच्चस्तरीय कूटनीतिक टोलीको यस भ्रमणलाई नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थप्ने र आपसी कूटनीतिक संवादलाई निरन्तरता दिने महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।

About Author

Advertisement