डबल इञ्जिनको सरकार आएर पनि गोर्खाहरुको लागि केही नभएको गुनासो

510adb07-e3b4-432a-b946-3adb7ef2b36f

खरसाङ: डबल इञ्जिनको सरकार आएमा केही हुन्छ भनेर पहाडभरिको गोर्खाहरुले केही हुन्छ भनेर सबैले भोट दिएको हो तर अहिलेसम्म केही भएको छैन। एकजना महिलाले छुट्टै राज्यको माग गर्न सक्दा हाम्रो गोर्खा नेताहरुले गोर्खाल्याण्ड माग्नुधरि नसकेको र किन माग्न सक्दैन भनी पेम्बा रिम्पोर्छेले प्रश्न उठाएका छन्। उनले एक भिडियो जारी गर्दै भने, ‘हाम्रो नेताहरु केवल खुट्टा ढोकेर मात्र आउँछ। आफुले आफुलाई गोर्खाको अभिभावक भन्ने नेताले पनि गोर्खाल्याण्ड माग्नु नसकेको र हालमा चुपचाप बसिरहेको छ।’ उनले आरोप लगाउँदै अघि भने, गठबन्धनको नाममा गोर्खाहरुको लागि केही गर्न नसकेको हो। तर जति नै भए पनि नेताहरुले गोर्खाल्याण्ड माग्नु नबिर्सिनुहोला। किनभने जनताले छुट्टै राज्य गोर्खाल्याण्डको‌ लागि भोट दिएको हो।’

About Author

Advertisement