आज लाली गुराँस समूहको पहलमा खरसाङ बजारमा गरियो व्यापक पोस्टरिङ

e34793cd-437a-4feb-9225-333b890b1379

खरसाङ: देशभरि चली रहेको मतदाता नामावली संसोधन प्रक्रिया एसआइआर प्रक्रियामा काटिएका प्रत्येक व्यक्तिहरूले भोक्नु परेको दुःख अनि हेलचेक्राई विरुद्ध आवाज उठाउँदै काटिएको नामहरू भोट लिस्टमा फर्काउनु पर्ने साथै एसआइआर रद्द गरिनु पर्ने माग गर्दै आज लाली गुराँस समूहको तर्फबाट खरसाङ बजारमा पोस्टरिङ गरिएको छ। यसको साथै चिया श्रमिकहरूको निम्ति महंगाई अनुसार न्यूनतम ज्याला लागु गरिनु पर्ने, उत्पीडित अल्पसङ्ख्यक – उत्पीडित राष्ट्रियता अनि गोर्खाल्याण्डको विषयमा केन्द्र सरकारको चुप्पी अनि समस्या समाधान नगर्ने व्यवहार अनि पोलिसी विरुद्ध साथै जात- पात- धर्म – वर्ण – लिङ्ग – भाषा आधारित विभाजन अनि उत्पीडन विरुद्ध साथै जल जङ्गल जमीनको सुरक्षा अनि संरक्षणको आवाज उठाउने आह्वान् गर्दै आज खरसाङमा समूहको तर्फबाट उज्जल क्षेत्रीले अपिल गरेका छन्। आउँदो दिनमा पोस्टरिङको कार्यक्रम जारी रहने साथै लाली गुराँस समूहले समाजमा जागरूकता अनि संघर्षको काम निरन्तर चलाउने प्रण पनि गरेका छन्।

About Author

Advertisement