सिलगढीमा विशेष सरसफाइ अभियान: नगर निगम क्षेत्रका पाँचै बोरोमा तीव्रता

FB_IMG_1793796268158

​सिलगढी: सिलगढी नगर निगम (एसएमसी) ले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विभिन्न स्थानहरूमा विशेष सरसफाइ अभियान चलाएको छ। मुख्यमन्त्रीको निर्देशन अनुसार आयोजना गरिएको उक्त अभियान निगमका विभिन्न क्षेत्रहरूमा सफलतापूर्वक सम्पन्न भएको छ।​कार्यक्रममा एसएमसीका प्रशासक र सचिवको विशेष उपस्थिति रहेको थियो। उनीहरूकै रोहवरमा नगर निगम मातहतका मुख्य सडक तथा बजार क्षेत्रहरूमा सरसफाइ गरिएको हो।​निगमका अनुसार बोरो १ अन्तर्गत पर्ने चम्पासारी मेन राेड र चिया लिलाम (टि अक्सन) राेड, बोरो २ को विवेकानन्द राेड र श्यामाप्रसाद मुखर्जी राेडमा सरसफाइ गरिएको छ।​त्यसैगरी, बोरो ३ अन्तर्गत पर्ने फुलेश्वरी बजार र कचहरी राेड, बोरो ४ को गेट बजार मेन राेड तथा एनजेपी मेन राेड र बोरो ५ को बाउबजार (वार्ड नं. ३६) एवं इस्कन मन्दिर राेड क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको नगर निगमले जनाएको छ।

About Author

Advertisement