एडवेंचर टूरिज्म महोत्सवमा प्याराग्लाइडिङ उडानले बढायो आकर्षण

FB_IMG_1793791235537

पाकिममा १७ जनाले लिए रोमाञ्चक अनुभव

​पाकिम: सिक्किम एडवेंचर टूरिज्म महोत्सव २०२६ को आकर्षणलाई थप जीवन्त बनाउँदै आज पाकिम जिल्लाका विभिन्न निर्धारित स्थानहरूबाट १७ जना सहभागीहरूले प्याराग्लाइडिङ उडान भरेका छन्।
​पाकिम जिल्लाको अम्बास्थित तोकिएको उडान स्थलबाट उडेका सहभागीहरूले रमणीय दृश्यहरूको बीचमा आकाशको रोमाञ्चक अनुभव बटुलि रोराथाङमा सुरक्षित अवतरण गरेका थिए। यसरी अवतरण गरेका सहभागीहरूलाई हप्ताव्यापी महोत्सव अन्तर्गत आयोजित विभिन्न एडवेंचर(साहसिक) गतिविधिहरूको आनन्द लिनका लागि नाम्ची जिल्लाको नामथङस्थित लिङ्खिम तारमा रहेको मुख्य महोत्सव स्थलमा पुर्‍याइएको थियो।

सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित यो महोत्सव आगामी नोभेम्बर ७ तारिखसम्म सञ्चालन हुनेछ, जसमा हावा, जमिन र पानीमा आधारित विभिन्न साहसिक गतिविधिहरू समावेश गरिएका छन्।

About Author

Advertisement