अमिताभ स्कुलको वार्षिकोत्सव सम्पन्न

FB_IMG_1793790123982

मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज पल्जोर स्टेडियममा आयोजित अमिताभ स्कुलको वार्षिकोत्सवमा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनु भएको छ। यस अवसरमा एक गर्विलो अभिभावकको रूपमा पनि उपस्थित हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उहाँले व्यक्त गर्नुभएको छ।

​सन् २०१५ देखि सुरु भएको स्कुलको यो उल्लेखनीय यात्रा, गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता, सर्वाङ्गीण विकास र बालबालिकाहरूको बौद्धिक तथा मानसिक विकासमा पुर्‍याएको योगदानको लागि मुख्यमन्त्री तामाङले सम्पूर्ण स्कुल परिवारलाई बधाई तथा शुभकामना दिनुभएको छ।
​कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीहरूलाई असल मूल्य-मान्यता अपनाउन, ठूलालाई आदर गर्न, राम्रो संगत छनोट गर्न र आत्मविश्वासका साथ आफ्ना सपनाहरू पूरा गर्नका लागि प्रेरणा दिनुभएको छ।

साथै, स्कुल व्यवस्थापन समिति, शिक्षकगण र विद्यार्थीहरूको निरन्तर सफलता तथा थप उन्नतिका लागि शुभकामना व्यक्त गर्दै स्कुलको आदर्श वाक्य “इन फ्रिडम वी सोर”को भावनालाई सधैँ आत्मसात् गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ।
​कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

About Author

Advertisement