खरसाङ: आगामी नगरपालिका चुनाव साथै टाउन कमिटीकोे सांगठनिक विषय लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा कार्यालयमा टाउन कमिटीकोे अध्यक्ष बीरबल पाख्रिनकोे अध्यक्षता सभा सम्पन्न भयाे। सभाको सञ्चालन टाउन कमिटीका उपाध्यक्ष सन्तोष परिले गर्दै सभाको विषयमा जानकारी गराएका थिए। सभामा सांगठनिक सचिव मुनम तामाङ, सांगठनिक सचिव कुनाल क्षेत्री, वरिष्ठ कार्यकारीणी सदस्य आनन्द, रतन शेर्पा, शमशुल हक, कमल श्रीवालले आ आफ्नाे सांगठनिक सुझाव राखेका थिए। सभामा सभाध्यक्ष बीरबल पाख्रिनले आफ्नाे वक्तव्यमा केन्द्रीय समितिद्वारा दिएको दिशा निर्देशनलाई कसरी टाउन कमिटीले वहन गर्नु पर्ने विषयमा अवगत गराए। उनले विगतमा नगरपालिकामा भागोप्रमोकोे बोर्ड हुँदा प्रत्येक वार्डकोे समस्यालाई समाधान गर्न टाउन कमिटी अघि बढेर समाधानकाे निम्ति कार्य गर्ने गर्थ्यो तर आज डबल इञ्जिनकाे सरकार आए पनि प्रत्येक नगरपालिका अन्तर्गत पर्ने प्रत्येक वार्डमा स्ट्रिट लाईट, खाने पानी, हिड्ने बाटोकोे समस्याहरुले वार्डवासी ग्रस्थ भएको हुँदा पनि कुनै प्रकारकोे पहल नगरेको आरोप लगाएका छन्। उनले भागाेप्रमो खरसाङ टाउन कमिटीद्वारा वर्तमान नगरपालिका प्रशासकलाई विगत समयमा ज्ञापन सुम्पेपछि पनि वर्तमानसम्म पनि वार्डवासीहरु विभिन्न मूलभूत सुविधाले वञ्चित भएकोमा सभाबाटै निन्दा गर्दैै आगामी दिहरुमा सबै टाउन कमिटीका सदस्यहरु यसरी नै एक मुष्ठ भएर क्षेत्रीयवादलाई कायम राख्न साथै वार्डमा सक्रिय भएर जनताकाे साथमा खडा भएर सहयोग गरिदिन सुझाव दिएका छन्। उनले पार्टी अनि अनित थापाको हात बलियो बनाई दिने आग्रह गरे।





