ल्हाबब दुइछेनको अवसरमा तीनधारेमा आयोजित तीन दिवसीय पूजाको समापन

52233171-9f65-498a-bc17-7a1eb688bf84

खरसाङ: ल्हाबब दुइछेनको अवसरमा तीनधारेमा आयोजित तीन दिवसीय पूजा सम्पन्न भएको छ। ल्हाबब दुइछेनको पावन अवसरमा गुरु मैत्री संघ तीनधारेद्वारा पद्मा छ्योलिङ तामाङ गुम्बामा आयोजना गरिएको तीन दिवसीय पूजाको समापन गरिएको छ। पूजाको अन्तिम दिन श्रद्धालु भल्तजनको उल्लेखनीय उपस्थिति रहेकोे थियो। यस अवसरमा आमन्त्रित श्रद्धेय धर्म गुरु महामहिम खेन्ट्रुल चानलिङ रिन्पोर्छेको करकमलबाट उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनलाई आयुको अभिषेक (वाङ) प्रदान गरियो।वअभिषेक पश्चात् आफ्नो प्रवचनमा रिन्पोर्छेले भगवान बुद्धले दिएको शिक्षालाई दैनिक जीवनमा आत्मसात गर्दै अघि बढ्न सके मानव जीवनका दु:ख र कष्टहरु कम गर्न सकिने बताएका छन्। यसको साथै सधैँ मनमा बोधिचित्तको भावना राख्दै सम्पूर्ण प्राणी प्रति दया, माया र करुणाको दृष्टिले हेर्नुपर्ने कुरामा उनले विशेष जोड दिएका थिए भनी म्हाणीपा संघ तीनधारेका सदस्य दावा रिन्छेन तामाङले जानकारी गराएका छन्।

About Author

Advertisement