सोनादामा सामाजिक नाटक ‘भिरको चिण्डो’ को सफल प्रदर्शन

325785b4-13ea-425a-b7e0-ea1b9fee9c7f

सोनादा: धेरै वर्षको अन्तरालपछि सोनादा लगायत वरिपरिका नाटक प्रेमी श्रोताहरुले मुग्ध कण्ठले रूचाए सामाजिक नाटक भिरको चिण्डो। वर्तमान सामाजिक अनि पहाडको जल्दाबल्दा समस्याहरुलाई जस्ताको तस्तै रंगमञ्चमा उतार्न यो नाटक सक्षम सोनादा नाट्य टोलीमा सबै उम्दा अनि नवोदित कलाकारहरु रहेको बताइएको छ।‌ यस नाटकका लेखक अनि निर्देशक नितेन लामाले वर्तमान पहाडमा शिक्षित युवा पुस्ताको जल्दो बल्दो समस्यालाई केन्द्रमा राखेर भिरको चिण्डो सामाजिक नाटक सोनादाको न्यु लाइट क्लब सार्वजनिक भवन मञ्चम गरिएको छ। उक्त नाटक अपार दर्शकहरुको भीडमा कलाकारहरुले मञ्चन गरेर सोनादा क्षेत्रका नाटक प्रेमी दर्शकहरुलाई एउटा छुट्टै रसास्वादन दिलाउन सफल भएको दर्शकहरुको भनाई रहेको छ। गत केही महिना अघि दार्जिलिङको एउटा नाटक प्रतियोगिताम पनि मञ्चन भएको उक्त ‘भीरको चिण्डो’ नाटक आज सोनादाको दर्शकहरु समेतले रुचाएको जानकारी प्राप्त भएको छ। यस नाटकमा मुख्य पात्रहरुमा विशेष संजीव सुब्बा ,सीमा तामाङ ,समीर शर्मा ,जाइन्द्र गुरुङ ,मीना राई ,कुन्जुला वाइबा,नितेन लामा सम्भवत नाट्य अनि रंगमञ्चको क्षेत्रमा कनिष्ठ रहेता पनि वरिष्ठ कलाकारहरुको दाजोमा पर्दैन भन्न नमिल्ला। धेरै अनुभव, प्रतिकूल परिवेश अनि कला, रंगमञ्च अनि नाटक विधाको ज्ञान पाउन वञ्चित रहेता पनि यी कलाकारहरुमा यथेष्ट मात्रामा कलाकारमा हुनपर्ने गुणहरु पाउन देख्न सकेको बताएका छन्। आउने दिनहरुमा यी कलाकारहरुबाट अझ धेर समाजलाई जगाउने,समाजलाई झकझकाउन ,हाम्रा वरिपरि के कस्ता सामाजिक , राजनैतिक, शैक्षिक, पारिवारिक अन्देखाहरु, कमी कमजोरीहरु, घटनाहरु भईरहेछ सो विषयलाई पनि पस्कने जिम्मेवारहरु यी कलाकारहरुको थाप्लोमा आएको छ जस्तो लागेको स्थानीयहरुले बताएका छन्।कार्यक्रममा विभिन्न नेपाली हिन्दी गीतहरू, नृत्यहरुको पनि थप आकर्षण रहेकी थियो। कार्यक्रमको सूत्रधार मोजेश तामाङले गरेका थिए ।

About Author

Advertisement