माता पिताको पक्षबाट छोरा खोजीदिने अनुरोध
खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीको गोदामटार निवासी पिता राजकुमार खड्का र माता सपना खड्काको सुपुत्र प्रेणम खड्का विगत तीन वर्षदेखि लापत्ता रहेको जानकारी प्राप्त भएको छ। सिविटारको बाघमारा बस्ती अन्तर्गत गोदामटार निवासी राजकुमार खड्काको सुपुत्र प्रेणम खड्का विगत ११ वर्ष अघि नै कामको सिलसिलामा दक्षिण भारतको उत्तर गोवामा पुगेका थिए। उनी विगत तीन वर्षसम्म परिवारको सम्पर्कमा रहेको तर विगत तीन वर्षदेखि परिवारको सम्पर्कदेखि लापत्ता रहेकोले परिवारले चिन्ता व्यक्त गर्दै परिवारको तर्फबाट पिता राजकुमार खड्का र माता सपना खड्काको तर्फबाट खरसाङ पुलिस थानामा छोरा खोजी माग्दै लिखित रुपमा उजुरी दर्ता गराएका छन्। घर परिवारमा एकजना मात्र छोरा रहेको र कमाईको माध्यम पनि छोरा प्रेणम खड्का नै रहेकोले विगत तीन वर्षदेखि छोरा लापत्ता भई सम्पर्कविहीन भएकोले माता पिताले छोरा खोजी माग्दै पुलिस प्रशासन साथै सबैमा अनुरोध गरेका छन्।





