आगलागीबाट घर गुमाएका पूर्ण राईको परिवारलाई गोरामुमोद्वारा आर्थिक सहयोग

75383a03-a735-4404-b83f-69e866689019

खरसाङ: गत २७ अक्टोबर, मंगलबार बिहान खरसाङको लोवर खहरे निवासी पूर्ण राईको घरमा भएको भीषण आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको घटनाप्रति दुःख व्यक्त गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।टुंगो सन्तमेरिज समष्टिका सभापति मदन छेत्रीको तत्परतामा गोरामुमो टुंग सन्तमेरिज समष्टि तथा गोरामुमो खरसाङ महकुमा समितिका प्रतिनिधिहरूले आगलागीबाट प्रभावित गोरामुमोका कर्मठ सदस्य पूर्ण राई तथा उनको परिवारसँग भेटघाट गरी पार्टीका तर्फबाट आर्थिक सहयोग प्रदान गरेका छन्। पीडित परिवारसँगको भेटका क्रममा गोरामुमो खरसाङ महकुमा समितिका अध्यक्ष निमा लामाले यस दुःखद घडीमा पार्टी पीडित परिवारको साथमा रहेको बताउँदै आगामी दिनमा पार्टी तथा सरकारका तर्फबाट सम्भव भएसम्म थप सहयोग उपलब्ध गराउन पहल गरिने आश्वासन दिएका छन्। उक्त सहयोग तथा भेटघाट कार्यक्रम गोरामुमो खरसाङ महकुमा समितिका अध्यक्ष निमा लामाको नेतृत्वमा सम्पन्न भएको थियो।कार्यक्रममा टुंग सन्तमेरिज समष्टिका सभापति मदन छेत्रीसहित अमृता थापा, आदिप राई, तिलक राई, कमला राई, नितिन छेत्री, माया गुप्ता, शान्ति लामा, बी.बी. राई, सोनाम शेर्पा, पासाङ तामाङ, सामदेन डुक्पा तथा सन्तोष सुब्बालगायतको विशेष उपस्थिति रहेको थियो।
आगलागीबाट घरबार गुमाएका पूर्ण राई तथा उहाँको परिवारलाई यस कठिन परिस्थितिमा सहयोग पुर्‍याउँदै पार्टीले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र आपसी सहकार्यको भावना प्रस्तुत गरेको छ।

About Author

Advertisement