नयाँ कमानमा भईरहेको नगदराशि फुटबल प्रतियोगितामा दार्जिलिङ युनाइटेड क्वाटर फाइनलमा प्रवेश

418eb140-35dc-4747-8e16-357e326396ce

खरसाङ: तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको‌ आयोजनामा भईरहेको नगराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शुक्रबार भएको अन्तिम प्रि क्वाटर फाइनल खेलमा दार्जिलिङ युनाईटेड सजिलै बिजय बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको अन्तिम प्रि क्वाटर फाइनल खेल दार्जिलिङ युनाइटेड बनाम प्लेन लाइन लङ्भ्यूमाझ भएको थियो। यस खेलमा दार्जिलिङ युनाईटेड ५-१ को ठूलो अन्तरले सजिलै बिजय बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा दार्जिलिङ युनाईटेडको तर्फबाट ह्याट्रिक गर्ने खेलाडी जर्सी नम्बर १४ जितु उरावलाई म्यान अफ् द म्याच घोषित गरिएको छ। यस खेलमा दार्जिलिङ युनाईटेडको तर्फबाट स्थानीय तीनधारेको दुई नम्बर बस्ती निवासी गणेश लिम्बु पनि खेलेका थिए। अब शनिवार ३१ अक्टोबर हुने पहिलो क्वाटर फाइनल खेल अजाद स्पोर्टिङ्ग क्लब सिलगढी र ताराबारी एफसी बाघडोगरामाझ हुने भएको नयाँ कमान भेटरेन क्लबको तर्फबाट धिरेन प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १५ नोभेम्बरमा हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख र उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने भएको जानकारी गराएका थिए।

About Author

Advertisement