भुटानमा हिमताल फुट्यो: संकोश नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल

Screenshot_20261030_190119_Facebook

​गान्ताेक/दार्जिलिङ: भुटानको लेमथाङमा हिमताल विस्फोटन भई बाढी (हिमताल विष्फोटजन्य बाढी) आएको खबर प्राप्त भएको छ। तालबाट उर्लिएर आएको पानी मोफु नदी हुँदै संकोश नदीतर्फ तीव्र गतिमा बहिरहेको छ।
​सांसद राजु विष्टले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आफ्नो ज्यानको सुरक्षाका लागि संकोश नदी र यसका सहायक नदी तटीय क्षेत्रमा बस्दै आएका सम्पूर्ण नागरिकहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्नुभएको छ।
​साथै, दार्जिलिङ पहाड, तराई तथा डुवर्स क्षेत्रका सबै बासिन्दाहरूलाई सम्भावित जोखिमप्रति सतर्क रहन र उच्च सजगता अपनाउन अपिल गरिएको छ।

About Author

Advertisement