गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले राज्यका माननीय मन्त्री समदुप लेप्चालाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गोलेले मन्त्री लेप्चाको सुस्वास्थ्य, दीर्घायु तथा सुख-समृद्धिको कामना गर्नुभएको छ। साथै उहाँले ईश्वरले मन्त्री लेप्चालाई अझ धेरै वर्षसम्म जनताको सेवा गर्ने शक्ति र प्रेरणा प्रदान गरून् भन्ने प्रार्थना समेत गर्नुभएको छ।
मन्त्री लेप्चा सिक्किम सरकारमा विभिन्न जिम्मेवारी सम्हाल्दै जनसेवामा सक्रिय रहँदै आउनुभएको छ।





