पुलिस प्रशासनद्वारा पूजा कमिटीहरुलाई लिएर दुर्गा पूजा विजया सम्मेलन २०२६ सम्पन्न

206106fc-0aef-477c-ba39-70eda30ad9ba

सोनादा: पश्चिम बंगाल सरकार एवं जोरबङ्गलो पुलिस थानाको तत्वावधानमा मंगलबार जोरबङ्गलो थाना अन्तर्गत रहेका क्षेत्रका पूजा कमिटीहरुलाई लिएर दुर्गा पूजा विजया सम्मेलन २०२६ आयोजना गरिएको छ। उक्त कार्यक्रम घुमस्थित एक रिसर्टमा सम्पन्न भयो। सम्मेलनमा पूजा कमिटीहरूसँग पूजा कार्यक्रमको समीक्षा गरियो। उक्त सम्मेलनमा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ राव, सुखे खण्ड विकास अधिकारी अर्घ्या गुहा, सभासद राजेस चौहान, डीएसपी डीआईबी, दार्जिलिङका सीआई, जोरबंगलो, सोनादा पुलिसको प्रभारी, एसबीआई शाखा प्रबन्धक, चिया बगानका म्यानेजर, अवकाशप्राप्त प्रधानाध्यापक, अवकाशप्राप्त पुलिस अधिकारीहरु, बीएमओएच, भारतीय जनता पार्टीका पदाधिकारीहरु साथै पूजा कमिटीका प्रतिनिधिहरू उपस्थित रहेका थिए। नि यस कार्यक्रमलाई अनिल बीकेले सञ्चालन गरेका थिए। यस कार्यक्रममा विभिन्न पूजा कमिटीका पदाधिकारीहरु, सुखे खण्ड विकास अधिकारी, जिल्ला पुलिस अधीक्षक आदिले पूजा सम्बन्धमा वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन दार्जिलिङ सदरका सीआई पार्थ्यो सारथीले राखेका थिए। यस क्रममा आफ्नो सम्बोधनमा दार्जिलिङ जिल्ला पुलिस अधीक्षक आईपीएस वाई श्रीकान्त जगनाथ रावले पुलिसहरु पनि समाजकै एक भाग रहेको र यस उत्सवको समयमा पुलिस प्रशासनले शान्ति बनाई राख्न धेरै खटेका थिए ताकि जनसाधारणले उत्सव मजाले मनाउन सकोस् भनी बताएका छन्। उनले पुलिस प्रशासन पनि समाजकै भाग रहेको र पुलिस प्रशासनले पनि उत्सव मनाउनुपर्छ भनेर सरकारले सोचेर पुलिस प्रशानसित यो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले यो कार्यक्रम जोरबंगलो पुलिस थानाको आयोजनामा सम्पन्न भएको र यसमा पुलिस र स्थानीयहरुसित मिलेर समीक्षा गरिएको किनभने पुलिस पनि मानव नै रहेको र भूल हुनसक्छ तर त्यस भूलबाट आगामी दिनमा के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको बताएका छन्।

About Author

Advertisement