सिक्किमका राज्यपाल दुष्यन्त गौतमसँग भाजपा प्रदेश अध्यक्ष थापाद्वारा भेटघाट

FB_IMG_1793095766830

​नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले भारतको राजधानी नयाँ दिल्लीमा सिक्किमका राज्यपाल दुष्यन्त कुमार गौतमसँग शिष्टाचार भेटघाट गरेका छन्। भेटमा प्रदेश महासचिव अर्जुन राईको पनि उपस्थिति थियो।
​भेटका क्रममा उनीहरूबीच सिक्किमको समग्र विकास, पूर्वाधार प्रगति तथा सर्वसाधारणका हित र सरोकारका प्रमुख विषयहरूमा विस्तृत छलफल भएको छ।
​प्रदेश अध्यक्ष थापाले राज्यपालसमक्ष सिक्किमका जनताका आवश्यकता र राज्यको समृद्धि तथा उन्नतिका लागि भइरहेका प्रयासहरूबारे जानकारी गराएका थिए। राज्यको हितका विषयहरूमा राज्यपाल सकारात्मक रहेको र आवश्यक सहयोग एवं मार्गदर्शनको आश्वासन दिएको जनाइएको छ।

About Author

Advertisement