नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले भारतको राजधानी नयाँ दिल्लीमा सिक्किमका राज्यपाल दुष्यन्त कुमार गौतमसँग शिष्टाचार भेटघाट गरेका छन्। भेटमा प्रदेश महासचिव अर्जुन राईको पनि उपस्थिति थियो।
भेटका क्रममा उनीहरूबीच सिक्किमको समग्र विकास, पूर्वाधार प्रगति तथा सर्वसाधारणका हित र सरोकारका प्रमुख विषयहरूमा विस्तृत छलफल भएको छ।
प्रदेश अध्यक्ष थापाले राज्यपालसमक्ष सिक्किमका जनताका आवश्यकता र राज्यको समृद्धि तथा उन्नतिका लागि भइरहेका प्रयासहरूबारे जानकारी गराएका थिए। राज्यको हितका विषयहरूमा राज्यपाल सकारात्मक रहेको र आवश्यक सहयोग एवं मार्गदर्शनको आश्वासन दिएको जनाइएको छ।





