मङपूको ७४ धुरामा पार्किङ विवादले लियो उग्र रूप, छुरी प्रहारबाट ४७ वर्षीय एक व्यक्तिको मृत्यु

IMG-20261025-WA0075

मङपू: मङपूको ७४ धुरा क्षेत्रमा गाडी पार्किङ गर्ने विषयलाई लिएर दुई व्यक्तिबीच भएको विवादले उग्र रूप लिँदा एक व्यक्तिको ज्यान गएको छ। प्राप्त जानकारीअनुसार विवादका क्रममा एक व्यक्तिले छुरीले प्रहार गरेपछि गम्भीर घाइते भएका ४७ वर्षीय एक व्यक्तिलाई उपचारका लागि रम्बी अस्पताल लैजाँदै गर्दा डाक्टरले मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि कालेबुङ पठाइएको बताइएको छ।
घटनाबारे जानकारी पाए लगत्तै मङपू पुलिस आउट पोस्टका प्रभारी आईनुल हक शनिवार राति घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा पुलिसले घटनामा संलग्न रहेको आरोपमा एकजनालाई मङपूको मालागिरी गोलाई नजिकबाट पक्राउ गरेको थियो। त्यसपछि उनलाई आरआर पुलिस स्टेशन पठाइएको जानकारी प्राप्त भएको छ। पुलसिका अनुसार आरोपीलाई दार्जिलिङ अदालतमा पेश गरेपछि घटनाबारे थप अनुसन्धान गर्न पुनः पुलिस हिरासतमा लिइएको छ। यसैबीच घटनाको गम्भीरतालाई ध्यानमा राख्दै दार्जिलिङ, आरआर तथा मङपू पुलिसका अधिकारीहरू राति नै घटनास्थलमा पुगेका थिए। अनुसन्धानका क्रममा घटनास्थललाई डोरीले घेराबन्दी गरी सुरक्षित राखिएको छ। साथै, पुलिसले घटनामा प्रयोग गरिएको भनिएको छुरीसमेत जफ्त गरेको जानकारी दिएको छ।
घटनाबारे पुलिसरीले थप अनुसन्धान गरिरहेको छ।
आज घटना स्थलमा दार्जिलिङ अतिरिक्त जिल्लापुलिस,आर.आर. थानाका ओसी वासीम बारी, मङपू ओसी आईनुल हक अनि एएसआई सुनील छेत्री आदिले वक्तव्य घटना स्थलको परिभ्रम गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement