गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा आलुबारीदेखि दार्जीलिङको चौरास्तासम्म

IMG-20261025-WA0069

हामी आफ्नो जाति, माटो र गोर्खाल्याण्डको लागि मर्न पनि तयार छौँ: बिक्की दर्नाल

दार्जिलिङ: गोर्खाल्याण्ड नौलो संघर्ष समितिको पदयात्रा आज आलुबारीदेखि दार्जीलिङको चौरास्तासम्म सम्पन्न भएको छ। बिक्रमादि राईको अगुवाइमा खरसाङ, कालेबुङ र अन्य स्थानहरूका समर्थकहरूको सहभागितामा सम्पन्न उक्त पदयात्रा बिहान १०:३० देखि ११ बजेको बीचमा दार्जीलिङको चौरास्ता आइपुगेको थियो। आलुबारीबाट सुरु भएको उक्त पदयात्रामा बिक्रमादि राईसँगै खरसाङ, कालेबुङ र अन्य क्षेत्रका समर्थकहरू सहभागी बनेका थिए। गोर्खाल्याण्ड नौलो संघर्ष समितिको अगुवाइमा सम्पन्न यस पदयात्राले दार्जीलिङको चौरास्तासम्म आफ्नो यात्रा पूरा गरेको थियो। चौरास्तामा पुगेर पथ सभामा परिणत भएको थियो। उक्त पथ सभालाई गोर्खाल्याण्ड नौलो संघर्ष समितिको मुख्य संयोजक बिक्रमादि राई लगायत अन्यले सम्बोधन गरेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कालेबुङका बिक्की दर्नालले भने, हामीलाई जीटीए होइन तर गोर्खाल्याण्ड चाहिन्छ। नेताहरु केवल चुनावको बेलामा मात्र बोल्न आउँछ र हालमा सबै नेताहरु ३६० करोडमा मात्र ध्यान दिईरहेका छन्।’

उनले अहिले पहाडमा क्षेत्रीयता माँसिएर गएको कारण क्षेत्रीय घटक दल‌ होइन तर केवल भाजपाको घटक दल मात्र भएको छ भनी आरोप लगाएका छन्। दर्नालले आरोप लगाउँदै भने, महाकाल बाबाको काम खाएर पनि केबल ढाँट्ने काम मात्र गरेको छ। चुनाव अघि जीटीए खारेज हुन्छ भनेको थियो तर तेस्तो केही भएन। हामी नेता होइन तर केवल साधारण जनता मात्र हो। हामी आफ्नो जाति, माटो र गोर्खाल्याण्डको लागि मर्न पनि तयार छौँ।’

About Author

Advertisement