गान्ताेक: सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुर जीको कार्यकाल समाप्त भएपछि आज उहाँलाई गहिरो सम्मान र कृतज्ञताका साथ बिदाइ गरिएको छ।

राज्यमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान, न्यानो स्नेह र अमूल्य मार्गदर्शनप्रति सिक्किमका जनता सधैं आभारी रहनेछन्। आफ्नो कार्यकालभरि उहाँले जनताप्रतिको दृढ प्रतिबद्धता र अपनाउनु भएको आत्मीयताले सिक्किमवासीको मनमा गहिरो छाप छोडेको छ।
राज्यपाल माथुरको आगामी दिनहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख र राष्ट्रको सेवामा थप सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको छ। उहाँको कार्यकाल सिक्किमको विकास र प्रगतिमा सदा स्मरणीय रहनेछ।





