खरसाङको पूजा समारोहमा विधायक सोनाम लामाको भ्रमण

4dc220dd-6f8e-472f-8f58-34edbe5156b5

खरसाङ: खरसाङको फाटक डाँडा सोसियल वेलफेयर सोसाइटीद्वारा आयोजित ऐतिहासिक ८२औँ दुर्गा पूजा समारोहको अवसरमा खरसाङका विधायक सोनाम लामाले पूजा मण्डपको भ्रमण गरे। यस अवसरमा गाउँवासीद्वारा उनलाई स्वागत जनाएका थिए। भ्रमणका क्रममा विधायक सोनाम लामाले पूजा मण्डपमा लामो समय बिताउँदै पूजा समारोहको अवलोकन गरे। उनको आगमनले सम्पूर्ण गाउँवासी तथा छर छिमेकीमा हर्ष र उल्लासको वातावरण सिर्जना गर्‍यो। विधायक लामाको स्वागतका निम्ति सोसाइटीका संरक्षकहरू दुर्गा प्रधान, विनोद प्रकाश शर्मा तथा पूर्व विधायक डाक्टर रोहित शर्मा उपस्थित थिए। यसको साथै सोसाइटीका अध्यक्ष किरण क्षेत्रीको प्रमुख उपस्थिति रहेको थियो। यस अवसरमा फाटकडाँडा सोसियल वेलफेयर सोसाइटी परिवार तथा समस्त गाउँवासीले विधायक सोनाम लामाको आगमनप्रति हार्दिक प्रसन्नता व्यक्त गर्दै उनीप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement