खरसाङ: खरसाङ आदर्श विद्यालयमा वार्षिक खेलकूद उत्सव सम्पन्न भएको छ। उक्त वार्षिक खेलकूद उत्सव विद्यालयका प्रधानाध्यापक निमा लेप्चाको अध्यक्षतामा र प्रमुख अतिथिको रुपमा सर्वोदय प्राथमिक पाठशालाका प्रधान अध्यापक दिपक दर्नाल उपस्थित रहेका थिए। यस वार्षिक खेलकूद कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरू र अशिक्षणकर्मीहरु उपस्थित रहेका थिए भने सम्पूर्ण विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यस वार्षिक खेलकूद उत्सवमा विद्यार्थीहरुको लागि २०० मिटर रेस सिनियर र जुनियर, १००मीटर रेस सिनियर र जुनियर, स्याक रेस, हाई जम्प, लङ्ग जम्प लगायत अन्य विभिन्न खेलहरु आयोजना गरिएको थियो। यस वार्षिक खेलकूद उत्सवको मुख्य आकर्षणको रुपमा अन्तर श्रेणी स्तरीय फुटबल फाइनल खेल सम्पन्न भएको थियो। यस सम्पूर्ण कार्यक्रमलाई दयाराम शर्माले सञ्चालन गरेका थिए। यस वार्षिक खेलकूद उत्सवमा सहभागी विद्यार्थीहरुलाई मेडल र ट्रफीसहित पारितोषिक वितरण जानकारी प्राप्त भएको छ।





