अप्पर डुमाराम बस्तीस्थित श्री श्री श्री सात कन्या देवी मन्दिरमा दुर्गा पूजाको आयोजना

f7e90eb9-cfaa-4f83-b843-7d137b8df183

खरसाङ: खरसाङको अप्पर डुमाराम बस्तीस्थित वार्ड नम्बर ३ मा रहेको श्री श्री श्री सात कन्या देवी मन्दिरमा दुर्गा पूजाको आयोजना गरिएको छ। धार्मिक आस्था, विश्वास तथा परम्परालाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको उक्त पूजा घटस्थापनाको दिनदेखि शुरू भएको थियो। पूजाको समापन नवमीको दिन गरिने आयोजक समितिले जानकारी दिएका छन्। पूजाको अवधिभर मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रमहरू सञ्चालन गरिनेछन्। प्रत्येक दिन दिउँसो पण्डितद्वारा विधिपूर्वक पाठ गरिनेछ भने साँझको समयमा साई मण्डलीहरूद्वारा भजन कीर्तनको कार्यक्रम प्रस्तुत गरिनेछ। यसले भक्तजनलाई धार्मिक वातावरणमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै गाउँमा आध्यात्मिक माहोल सिर्जना गर्ने बताएका छन्।

उक्त पूजा कमिटीले विगत दुई वर्षदेखि निरन्तर रूपमा दुर्गा पूजाको आयोजना गर्दै आएको साथै स्थानीयवासीहरूको सहयोग र सहभागितामा सञ्चालन हुँदै आएको यस धार्मिक कार्यक्रमले गाउँमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ।यस दुर्गा पूजाको मुख्य उद्देश्य धार्मिक आस्था र परम्पराको संरक्षण गर्नुका साथै गाउँमा शान्ति, सुख, समृद्धि तथा सकारात्मक वातावरण कायम रहोस् भन्ने कामना गर्नु हो र यस अवसरमा सम्पूर्ण भक्तजनहरूलाई पूजामा सहभागी भई देवीको आशीर्वाद ग्रहण गर्न आयोजक समितिको पक्षबाट मन्दिरको पुजार शिवु छेत्री अनि कोषधक्ष्य योगेन्द्र घिसिङले पत्रकारहरूसँग कुराकानी गर्दै जानकारी गराएका छन्।

About Author

Advertisement