खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा रहेका प्रधानमन्त्री आवास योजना हाउस फर अल योजनाका सम्पूर्ण लाभार्थीहरूलाई लिएर रामकृष्ण शर्माको तत्परतामा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सभा सम्पन्न भएको छ। उक्त सभामा हाउस फर अल हाउस फर अल योजनाका सम्पूर्ण लाभार्थीहरूको उपस्थिति रहेको थियो भने प्रत्येक वार्डबाट प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा हाउस फर अल योजनाका विभिन्न विषयमा चर्चा परिचर्चा गरिएको छ। सभाको निर्णय अनुसार यस योजनालाई लिएर निरन्तर रुपमा सभाको आयोजना गरिने तथा प्रधानमन्त्री आवास योजनाको नयाँ लागु हुन अघि पुरानो सबै छोडी सक्नु पर्ने माग गरिएको छ। हाउस फर अल योजना अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा २०१५-१६ को पैसा पस्नु थालेकोमा लाभार्थीहरुले खुशी व्यक्त गरेका छन्। उक्त सभापछि पत्रकारहरुसित कुराकानी गर्दै रामकृष्ण शर्माले हाउस फर अल योजनाका लाभार्थीहरुको पैसा पस्न थालेको र यो पैसा २०१५-१६ को पस्न थालेको बताए। उनले खरसाङ नगरपालिकाको तर्फबाट समयमा नै सबै जानकारीसहित रिपोर्ट बुझाएको खण्डमा २०१८-१९, २०१९-२० को पैसा पस्ने बताउँदै सरकार पैसा दिन तयार रहेको बताएका छन्। उनले यो सम्पूर्ण लाभार्थीहरुको जीत रहेको बताएका छन्। उनले खरसाङ नगरपालिका क्षेत्रका हाउस फर अल योजनाका सम्पूर्ण लाभार्थीहरूलाई लिएर लगातार रुपमा सभाहरु आयोजना गरिरहेको र यसलाई लिएर खरसाङ नगरपालिकालाई विस्तृत जानकारी गराउँदै खरसाङ महकुमा शासकलाई पनि ज्ञापन दिने काम गरेको बताएका छन्।





