गोरुबथान: आज समाधान वेलफेयर सोसाइटी गोरुबथान सोमबारे बजारको आयोजनामा जनचेतनामुलक तथा जानकारीमूलक कार्यक्रम बि.ए.डी.पी. हलमा सम्पन्नभयो। यस कार्यक्रममा मुख्य अतिथीको रुपमा गोरुबथान खण्ड बिकास अधिकारी रहेका थिए।
यो कार्यक्रम खादी और ग्रामोद्योग आयोगको सूक्ष्म, लघु और मध्यम उद्यम मंत्रालय भारत सरकारबाट प्रतिपादित रहेको र गोरुबथान क्षेत्रमा समाधान फाउन्डेसनको माध्यमबाट शुरु गरिएको जानकारी सचिव दिनेश विश्वकर्माले दिएका छन्। आजको यस कार्यक्रममा गोरुबथान आई.डी.ओ., दिलिप दास एक्ज्युकेटिभ, एम.डी.टी.सी, के.भि.आई.सी, डा. मृत्युन्जय मोदक पि.टि.ए., एम.डी.टी.सी., के.भी.आई.सीको विशेष उपस्थिति रहेको थियो।यसैगरी समाधान फाउन्डेसनबाट सभापति कुष्ण रसाइली सचिव दिनेश विश्वकर्मा, एक्ज्युकेटिटभ मेम्बर कृष्ण कुमार विश्वकर्माको उपस्थित थिए।यस कार्यक्रममा मुख्य रूपमा
बहु उद्देशीय प्रशिक्षण केन्द्र, खादी और ग्रामोद्योग आयोगका पदाधिकारीहरुले सरकारद्वारा प्रतिपादित खादी उद्योगमा प्रशिक्षण दिएर मानिसहरुमा स्व-रोजगारको अवसर दिने परियोजना बारे विस्तारमा जानकारी दिए। पहिलो खेपमा यहाँबाट २० जना चयनित भएकाहरुलाई प्रशिक्षणको लागि कोलकाता लिएर जानेछन्। उनीहरु प्रशिक्षित भएर आएपछि यहाँ खादी लघु उद्योग शुरु गरिने बताए।यो सम्पुर्ण प्रशिक्षण सबै निशुल्क हुने र दिइएका अन्य प्रशिक्षणहरु सारा निःशुल्क हुनेछ।

अन्य प्रशिक्षणहरु क्रमैले इलेक्ट्रिसियन प्रशिक्षण (१५ दिन), मोबाइल रिपेयरिङ (१५दिन), सिलाई मेसिन प्रशिक्षण (१५ दिन), मौरी पालन प्रशिक्षण (१० दिन), पोटेरी प्रशिक्षण (१० दिन) , टर्न हुड प्रशिक्षण (२० दिन) , हुडन टोय प्रशिक्षण (३० दिन), पपकर्न मेकिङ (३ दिन), अगरबत्ती निर्माण प्रशिक्षण (१० दिन), पेपर प्लेट मेकिङ प्रशिक्षण (६दिन) इत्यादि रहेको छ।यी सबै प्रशिक्षणको निम्ति इच्छुक व्यक्तिहरूले समाधान फाउन्डेसन,गोरुबथान,सोमबारे बजारमा सम्पर्क गर्न सक्नुहुने जानकारी सभापति कृष्ण रसाइलीले दिएका छन्।





