लुईस जुबली दार्जीलिंङमा एस. एस. के र एम. एस. के को शिक्षा/शिक्षिकाहरुद्वारा धरना प्रदर्शन

IMG-20261005-WA0034

दार्जीलिंङ: एस. एस. के र एम. एस. केका शिक्षक/शिक्षिकाहरुले विगत तीन महिना देखिको पाउनु पर्ने वेतन हालसम्म पाएका छैनन्।सरकारले तोकिदिएको दसैको बोनस पनि पाएका छैनन्। आफुहरुले विद्यार्थीहरुको भविष्य सम्झिएर दुःख गरेर पडाइ रहेका छन तर विगत तीन महिनादेखि वेतन भने पाएका छैनन।यस्तो महंगीको बेला तथा चाड पर्व को बेला वेतन भने पाएका छैनन्।यस्तो अवस्थामा उनीहरु पीडित बनेर आज दार्जिलिङ लुईस जुबलीमा धर्ना प्रदर्शन गर्दै मास पिटिसन चडाएका छन्।दसै भन्दा अघि नै आफुहरुले पाउनु पर्ने वेतन,बोनस सबै पाउन सकौ भन्ने आशा बोकेका शिक्षक/शिक्षिकाहरु अन्यौलतामा रहेका छन्।तरै पनि उनीहरु आशावादी भने रहेका बताउँछन शिक्षा/शिक्षिकागण।

About Author

Advertisement