खरसाङ: १९९१ सालमा स्थापित खरसाङको सन्तमेरिज ग्राम सेवा समितिले आफ्नो ३६ अौं स्थापना दिवस पालन गरेको छ। सन्तमेरिज ग्राम सेवा समितिको नव निर्मित भवनमा सम्पन्न गरिएको उक्त कार्यक्रमलाई समितिका सभापति रमेश थापाले अध्यक्षता गरेका थिए।कार्यक्रमको आरम्भमा समितिका दिवंगत संस्थापक सदस्य/सदस्याहरु साथै वर्ष २०२३ देखि २०२६ को कार्यकालमा दिवंगत भएका ३४ जना ग्रामवासीहरुलाई श्रद्धाञ्जली दिँदै एक मिनटको मौन धारण गरियो अनि त्यसपछि धुप-द्विप प्रज्ज्वलन गर्दै ३६ अौं स्थापना दिवसको केक काटी कार्यक्रमको शुभारम्भ गरियो।कार्यक्रममा परिनिधि प्रधान अनि आयुषी राईद्वारा नेपाली नृत्य प्रस्तुत गरिएको थियो भने डम्बर नेवार अनि महेश सिंहद्वारा नेपाली गीत प्रस्तुत गरिएको थियो। उसरी नै राजेश(अजय) सिंहद्वारा गिटारको धुन बजाएर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए।वसमितिका मूलसचिव अमर राईले वर्ष २०२३-२०२६ को कार्यकाल अवधि भएका कार्यहरुबारे विस्तृत विवरण प्रस्तुत गर्दै सचिवको प्रतिवेदन सभामा सुनाए। यस कार्यकालको वित्तिय विवरण समितिका कोषाध्यक्ष इन्द्रकुमार प्रधानद्वारा प्रस्तुत गरियो।कार्यक्रममा गाउँका १० जना सक्रिय सहयोगी हात (चेलीबेटी)-हरु, दुईजना सक्रिय युवाहरु, भवन निर्माण अवधि आर्थिक रुपले सहयोग पुऱ्याउनुहुने सातजना सदस्य/सदस्याहरु, समितिका चारजना वरिष्ठ समाजसेवीहरु लगायत १८ जना कार्यकारिणी सदस्य/सदस्यागणलाई सम्बर्ध्दना जनाईयो। समितिका कार्यकारी सदस्य बिराज थापाद्वारा सञ्चालन गरिइएको उक्त कार्यक्रममा समितिका मूल सचिव अमर राईद्वारा स्वागत वक्तव्य राखेका थिए भने अन्तमा समितिका अध्यक्ष रमेश थापाद्वारा सबै सबै कार्यकारिणी समितिप्रति आभार प्रकट गरियो अनि वर्ष २०२३ -२०२६ को कार्यकारिणी समितिलाई पनि पूर्ण रुपले विघटन गरियो।
समिति विघटन भएपछि परिचालन समितिका तीनजना सदस्यहरु क्रमैले तिलोतमा राणा, नवराज शर्मा अनि राजु मङ्ग्रातीलाई नव कार्यकारिणी समिति चयन गर्ने अभिभारा सुम्पियो। यसै अवधि समितिका सदस्य महेश छेत्री, धिराज छेत्री, शारदा सिङ्ग अनि डम्बर प्रधानले पनि आ-आफ्नो विचार प्रकट गरे।

परिचालन समितिद्वारा नव कार्यकारिणी समिति चयन प्रक्रियाका नियमहरु सभामा राखेपछि उपस्थित ग्रामवासीहरुको सुझाव अनुसार पर्चीमा दुई सदस्य या सदस्याहरुको नामद्वारा भोट गरेर नव कार्यकारिणी समितिको चयन गरिने निर्णय भएपछि सोही प्रक्रिया अनुरुप २७ जना नव कार्यकारिणी सदस्य/सदस्याहरु चयन भए।
आगामी केही दिन भित्रमा चयन भएका नव कार्यकारिणी सदस्य/सदस्याहरुबाट समितिका पदाधिकारीहरु चयन गरिने निर्णय लिइयो अनि पदाधिकारीहरुको पूर्ण रुपले चयन नभइन्जेलसम्म निवर्तमान सभापति रमेश थापा कार्यवाहक सभापति अनि निवर्तमान सचिव अमर राई कार्यवाहक सचिव रहने परिचालन समितिद्वारा निर्णय लिइयो।





