खरसाङ: खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत बुधवार अन्तर कार्यालय लिग फुटबल लिगको दुईवटा सेमी फाइनल खेलहरु सम्पन्न भयो जसमा प्रथम खेल खरसाङ विद्युत विभाग बी बनाम खरसाङ ट्राफिक गार्डमाझ सम्पन्न भयो। प्रथमारार्ध्दको शुरुदेखि नै खरसाङ ट्राफिक गार्डले विद्युत कार्यलयमाथि चाप दिए भने यसैको फलस्वरूप मध्यान्तरसम्म खरसाङ ट्राफिक गार्डले ३ गोलको बढत लिए। यो तीनै गोल उनीहरूका मिड फिल्डर खेलाडी भवेश तामाङले गरे। दोस्रो हाल्फको खेलमा भने खरसाङ विद्युत विभागले केही असल माैकाहरु पनि पाए जसमा उनीहरु अधिकत्तर असफल भए पनि १ गोल भने सुलाउन सके। अन्तिम सिटी बजुँझेल खरसाङ ट्राफिक गार्डले विद्युत विभागलाई १ को विरुद्ध ५ गोलले पराजित गरी फाइनलमा आफ्नो स्थान पक्का पारे। यस खेलमा ह्याट्रिक गर्ने खेलाडी भावेश तामाङलाई खेलको प्लेयर अफ् द म्याच घोषित गरियो। उसरी नै दोस्रो खेल भने चरम उत्तेजनाले भरिएको रहेको थियो। यस खेलमा प्रथमारार्ध्दको २ मिनटमा पाएको मौकाको फाइदा उठाउँदै एयर फोर्सले गोल गरी बढत हासिल गरे। अन्तसम्म प्रयास गर्दा पनि खरसाङ जूले यो गोल सुलाउनु सकेन र यो खेल एयर फोर्सले ० को विरुद्ध १ गोल गरी जितेर फाइनलमा प्रवेश गरे। आफ्नो दलको निम्ति एक मात्र गोल गर्ने सुवास तामाङलाई प्लेयर अफ द म्याच घोषित गरियो। अब आगामी २ अक्टोबरमा गर्ल्स अन्तर्गत दुईवटा सेमी फाइनल खेलहरु हुनेछ, भने अण्डर १४ बोयजको साथ त्यसै दिन गर्ल्स ओपेनको पनि फाइनल खेल हुनेछ। उसै गरी अन्तर कार्यालय लीगको फाइनल ३ अक्टोबर शनिबार दिउँसो २ बजे हुनेछ। आजको खेलहरूको सञ्चालन जिग्मी लेप्चा, मदन राई अनि अमित सार्की ले गरेका थिए।





